लुम्बिनी प्रदेशका एमाले सांसदले दिएको राजीनामा स्वीकृत

डिसी नेपाल
२२ वैशाख २०७८ १६:३७

काठमाडौं। लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले बुधबार दिएको राजीनामा बुधबार अपरान्ह स्वीकृत भएको छ। दाङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित डाँगकिो राजीनामा स्वीकृत भएको हो।

उनको राजीनामासँगै ८७ सदस्यीय प्रदेशसभा ७९ सदस्यीय बन्न पुगेको छ। यसअघि माओवादीका २ जना र जसपाका ४ जनालाई पदमुक्त गरिएको थियो भने एमालेका दुईजनाले राजीनामा दिएका छन्। यसअघि एमालेकै दृर्घनारायण पाण्डेयले पदबाट राजीनामा दिएका थिए।राजीनामापछि उनी काँग्रेसमा गएका छन्।

७९ सदस्यीय प्रदेशसभामा एमालेको सांसद संख्या अब ३८ भएको छ। शंकर पोखरेलले पार्टीको एकल बहुतका आधारमा सरकार बनाएका छन्। तर, उनी अब स्पष्ट अल्मतमा परेका छन्। प्रदेशप्रमुख धर्मनाथ साहले मुख्यमन्त्रीको कार्यकक्षमै पुगेर सपथ ग्रहण गराएका थिए। विपक्षीहरुले पोखरेल सरकारलाई असंवैधानिक भन्दै बहिस्कार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *