विदेशबाट फर्किएका यात्रुसँग बढि भाडा लिने बसपार्कबाट पक्राउ

डिसी नेपाल
२२ वैशाख २०७८ २२:३३

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विदेशबाट घर फर्किन लागेका यात्रुसँग बढि भाडा लिने एक जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमन गरिरहेको छ । अनुगमनमा परिचालन भएको सादा पोशाकको टोलीले गोंगबु नयाँबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी ३० बर्षका मिलन सारुलाई पक्राउ गरेको पुष्टि गरे ।

काठमाडौंदेखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा उनलले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको एसएसपी भट्टराईले बताए। पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ ।

पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग बसपार्कमा बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *