कोरोना संक्रमणको महामारीमा पनि विमानस्थलबाट सुन तस्करी

डिसी नेपाल
२३ वैशाख २०७८ ९:१०

काठमाडौं। कोरोना संक्रमणको बेला पनि त्रिभुवन विमानस्थलबाट सुन तस्करी रोकिएको छैन। दुई महिनाको करिब दुई किलो भन्दा बढी अवैध तरिकाबाट ल्याएको सुनलाई विमानस्थल भन्सार कार्यालयको सहयोगमा प्रहरीले बरामद गरेको छ।

प्रहरीले सुनसहित १० जनालाई सहित नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै जना वैदेशिक रोजगारीमा गएर आएका युवाहरु परेका छन्। पछिल्लो पटक वैशाख २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित पक्राउ परेका ५ जना पनि रोजगारीमा गएर नेपाल आएका युवाहरु थिए।

सानो परिणाममा सुन ल्याउनेहरूमा सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई भरिया बनाएर पठाउँदा उनीहरु प्रहरीको फन्दामा पर्ने गरेका हुन्। तस्करहरुले केही रकम र टिकटको लोभ देखाएर विदेशबाट सामान भन्दै उनीहरूले सुन समेत पठाउने गरेको छन्। यसरी ५० ग्राम सुन विदेशबाट ल्याएर नेपालमा बिक्री गर्दा २० देखि ३० हजार रुपैयाँसम्म नाफा हुने गरेको छ।

वैशाख २० गते करिब डेढ किलो सुन लिएर आएका सुमित तामाङ, जनक खड्का, यमलाल खनाल, राजु विक र धनबहादुर तामाङ पक्राउ परे। सुन तस्करले उनीहरूलाई भरिया बनाएर विदेशबाट सुन पठाएको खुलेको थियो। त्यसअघि गत २० चैतमा मात्र प्रहरीले दुबईबाट आएका विष्णुबहादुर भण्डारीलाई पाँच सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो।

सानो सानो परिणाममा दैनिकजसो सुन बरामद भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन। प्रहरी र भन्सार अधिकारीलाई छक्याउन तस्कर समूहले नयाँ–नयाँ शैली अपनाउन थालेका छन्। सुन तस्करी गर्न खोज्ने भरिया पक्राउ परे पनि तस्करको नाइके भने पक्राउ पर्दैनन्। उनीहरुमाथि प्रहरीले अनुसन्धान पनि गर्न छाडेको छ।

त्यसअघि ११ चैतमा दुबईबाट आएका सहदेव चौधरी ७० ग्राम सुनसहित पक्राउ परेका थिए। १० चैतमा रिचार्जेबेल ब्याट्रीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने धादिङका रमेश सापकोटा र सिन्धुलीका निर्दोष थिङ पक्राउ परेका थिए। उनीहरूबाट चार सय ग्राम सुन बरामद भएको थियो। सो सुन दुबईबाट ल्याइएको थियो।

तस्करी गर्ने समूहले विविध सामानभित्र लुकाएर तस्करी गर्न खोज्ने गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोला बताए। उनका अनुसार वैदेशिक रोजगारीमा गएका युवाहरुलाई तस्करहरुले सानो सानो परिणामको सुन पठाउने र त्यस वापत १० देखि ५० हजार सम्म रकम दिने गरेका छन्।

प्रहरीका अनुसार उनीहरूले टर्च लाइट र स्पिकरको भित्र, राइस कुकर, सुटकेस इत्यादि उपकरणभित्र सुन राखेर अवैध तरिकाले ल्याउने गरेका छन्। ‘पक्राउ परेका सबै जना वैदेशिक रोजगारीमा गएर फर्किएका हुन्। उनीहरूले टर्च लाइट, कुकर, सुटकेश, स्पिकरको भित्री भाग प्रयोग गरेर सुन ल्याएको पाइयो’, विमानस्थलका सुरक्षा गार्ड प्रमुख एसएसपी राजेश बास्तोलाले भने।

प्रहरीका अनुसार सुन तस्करीको नेटवर्कभित्र वैदेशिक रोजगारीमा गएका युवा पर्दा उनीहरु फस्ने गरेका छन्। ‘सानो पैसाको लोभमा युवाहरु फसेको देखिन्छ नेपालमा पनि उनीहरुले भेट्ने मानिस यकिन हुँदैन उताबाट पनि दिने मानिस यकिन हुँदैन’, एसपी बास्तोलाले भने। सानो सानो परिणाममा दैनिकजसो सुन बरामद भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन।

प्रहरी र भन्सार अधिकारीलाई छक्याउन तस्कर समूहले नयाँ–नयाँ शैली अपनाउन थालेका छन्। सुन तस्करी गर्न खोज्ने भरिया पक्राउ परे पनि तस्करको नाइके भने पक्राउ पर्दैनन्। उनीहरुमाथि प्रहरीले अनुसन्धान पनि गर्न छाडेको छ।

दुई वर्ष अघि ३३ किलो सुन तस्करीमा अनुसन्धान गर्ने प्रहरीहरुनै फसेपछि प्रहरीले देखिएको बाहेक तस्करनै खोजेर अनुसन्धान गर्न भने छाडेको छ। तस्करी गर्ने दर्जनौँ गिरोह दुबईमा सक्रिय भएपनि प्रहरी त्यसतर्फ मौन रहेको छ। हाल दुबई र नेपालमा प्रतितोला सुनमा १० हजार रुपैयाँको फरक रहेकाले तस्करी हुने गरेको प्रहरीको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *