राजकुमार चार्ल्सले आर्चीलाई दिएको जन्मदिनको शुभकामनामा मेगन मर्केलको बेवास्ता

डिसी नेपाल
२४ वैशाख २०७८ ११:३४

काठमाडौं। बेलायती राजकुमार चार्ल्सले आफ्ना नाती आर्चीलाई दोस्रो जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । तर, प्रिन्स अफ वेल्सले पोस्ट गरेको फोटोमा आर्चीकी आमा मेगन मर्केल भने छैनन् । राजकुमार चार्ल्सले सामाजिक संजालमा पोस्ट गरेको फोटोमा डचेज अफ ससेक्स मेगल मर्केल नभएपछि यस विषयमा चर्चा बढेको छ । ड्युक र डचेज अफ कर्नवाललले ट्वीटरमा लेखेका थिए ‘आर्चीलाई जन्मदिनको शुभकामना जो आज २ वर्षको हुँदैछन् ।’

महारानी एलिजाबेथ द्वितीयले पनि आफ्ना पनाती आर्चीलाई जन्मदिनको शुभकामना दिएकी छिन् । यसअघि बेलायतको शाही पदवी छाडेर गएका आफ्ना छोरा राजकुमार ह्यारीसँग चार्ल्सले पछिल्लो पटक आफ्ना पिता ड्युक अफ एडिनबरा राजकुमार फिलिपको अन्तिम संस्कारमा भेटेका थिए । गत महिना विन्डसर क्यासलमा यी बाबुछोराको करिब १ वर्षपछि भेट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *