मान्छे बस्ने रिसोर्टमा २ दिनदेखि बाघको कब्जा, रिसोर्टभित्रै सिकार गरेर त्यही खाँदै बसिरहेछ

डिसी नेपाल
२४ वैशाख २०७८ १३:१२

काठमाडौं। भारतको मध्य प्रदेशमा एक रिसोर्टमा २ दिनदेखि एउटा बाघले कब्जा गरेर बसिरहेको छ । बाँधवगढ टाइगर रिजर्भ नजिकै रहेको उक्त निजी रिसोर्टमा २ दिनअघि आएको बाघ अहिलेसम्म पनि त्यहीँ छ । भारतीय मिडियाका अनुसार बाघले रिसोर्ट परिसरभित्र नै एउटा गोरुको सिकार गरेको छ र त्यही सिकार खाँदै बाघ रिसोर्टभित्र नै बसिरहेको छ ।

बाँधवगढ टाइगर रिजर्भको धमोखर रेन्जको मरदरी गाउँमा समोद सफारी लज नामको एक रिसोर्ट छ । बाँधवगढ टाइगर रिजवर्भ रिसोर्टसँग नै जोडिएको छ । यहाँ यसअघि पनि घाइते र बुढा बाघहरु सजिलो सिकारका कारण मानिस बस्ने षेत्रमा आएर मानिसले पाल्ने जनावरको सिकार गर्ने गरेका छन् । अहिले पनि घाइते बाघ आएर जंगलसँग जोडिएको यो रिसोर्टभित्र पसेर घरपालुवा जनावर।को सिकार गरेको छ र त्यहीँ बसेको छ ।

बाघले सिकार गरेर रिसोर्ट परिसरभित्र बनेको एक कटेजको बाहिरपट्टि बसिरहेको बेलामा रिसोर्टका कर्मचारीले बाघलाई देखेका थिए । बाघ देखेपछि कर्मचारीहरुले टाइगर रिजर्भका अधिकारीहरुलाई सूचना दिएका थिए । टाइगर रिजर्भका उप संचालक स्वरुप दीक्षितका अनुसार अधिकारीहरुले बाघमाथि निरन्तर निगरानी गरिरहेका छन् । अहिले बाघ आफैं जंगलमा फर्केर जाने प्रतिक्षा भइरहेको छ । बाघको बाटो पर्ने षेत्रमा मानिसको आवतजावत बन्द गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *