स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

डिसी नेपाल
२४ वैशाख २०७८ २२:२९

काठमाडौं। बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो।

स्वासप्रस्वासमा समस्ष भएपछि उनी अस्पताल पुगेका थिए। तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। ३ र ४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको उनको पारिवारिक स्रंोतले जनाएको छ।

सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए। लाइनमा बस्दाबस्दै उनी ढले । अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन्। स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *