महामारीका कारण जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

डिसी नेपाल
२५ वैशाख २०७८ १०:३४

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको संचालक समितिको शुक्रबार (बैशाख २४ गते) बसेको बैठकले साधारण सभा स्थगित गर्ने निणर्य गरेको हो।

कोरोना भाइरसको संक्रमण जोखिमका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ।

कम्पनीले अर्को सुचना जारी नभए सम्मको लागि साधारण सभा स्थगित गरिएको जनाएको छ।

बार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *