सूर्या लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत

डिसी नेपाल
२५ वैशाख २०७८ १०:४९

काठमाडौैं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्या लाइफ इन्सुरेन्सको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५ प्रतिशत बोेनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर शुक्रबार सूचीकृत भएको हो।

सूचिकृत भएको सेयर आइतबारदेखि कोरोबार गर्न मिल्ने छ।

हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात यसको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ नाघेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *