चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोग अनुमति

डिसी नेपाल
२५ वैशाख २०७८ १२:१२
88
Shares

बेइजिङ। विश्व स्वास्थ्य संगठन डब्ल्यु एचओले चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।

चीनको सरकारी मातहतको औषधि उत्पादक कम्पनि सिनोफार्मले बनाएको सिनोभ्याक खोपलाई शुक्रबार बसेको डब्ल्यु एच ओको बैठकले स्वीकृति दिएको हो। यो खोप दुई मुख्य चिनियाँ खोप मध्येको एक हो जुन हालसम्म चीन र विदेशमा गरि करोडौं मानिसले लगाइसकेका छन्।

डब्ल्यूएचओले यसघि फाइजर, एस्ट्राजेनेका, जॉनसन एन्ड जोन्सन र मोडर्नाद्वारा बनाएको खोपहरूलाई मात्र स्वीकृति दिएको थियो। यो खोप कोरोना बिरुद्ध लड्न आपतकालीन प्रयोजनका लागि डब्ल्यु एच ओको मान्यता पाएको छैटौं खोप हो ।

संगठनका महानिर्देशक तेद्रोस अधानोमले एक छुट्टै विशेषज्ञ प्यानलले सिनोभ्याक खोप १८ वर्ष उमेर माथिका लाई दुई डोज लगाउन सिफारिस गरेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *