बिल गेट्सको डिभोर्समा चिनियाँ महिलाको इन्ट्री, के उनी नै हुन् डिभोर्सको कारण ?

डिसी नेपाल
२५ वैशाख २०७८ १२:२७

काठमाडौं। माइक्रोसफटका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डाले हालै आफूहरुले सम्बन्धविच्छेद गर्न लागेको घोषणा गरेका छन् । अहिलेसम्म यो बहुचर्चित सम्बन्धविच्छेदको कारण खुल्न सकेको छैन । यही बीचमा एक चिनियाँ महिलाको नाम यो सम्बन्धविच्छेदको विषयमा तानिएको छ । केही अनलाइन रिपोर्टमा यी महिला बिल मेलिन्डाको सम्बन्धविच्छेदको कारण भएको दावी गरिएको छ ।

कैयौं अनलाइन रिपोर्टमा बिल गेट्स र यी चिनियाँ महिला झे शेली वांगको सम्बन्ध रहेको दावी गरिएको छ । तर, वांगले भने यी सबै हल्लाको खण्डन गरेकी छिन् । उनले चीनको लोकप्रिय सामाजिक संजाल वाइबोमा लेखेकी छिन् ‘मलाई लागेको थियो कि यी हल्लाहरु आफैं हराउनेछन् किनकि यी हल्लाहरु आधारहीन छन् । तर, मलाई थाहा थिएन कि यी हल्ला यति धेरै बढ्नेछन् । म ती सबैलाई आभार व्यक्त गर्न चाहन्छु जसले यो कठिन समयमा मलाई साथ दिनुभयो र यी हल्ला हटाउन मलाई सहयोग गर्नुभयो ।’

वांग ३६ वर्षकी छिन् । उनी चीनबाट अमेरिका गएकी हुन् । उनी अहिले सिएटलमा बस्छिन् र उनले बिहे गरेकी छैनन् । डेलीमेलका अनुसार उनी व्यवसायिक अनुवादक हुन् र उनी बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको लागि काम गर्छिन् । यसबाहेक उनले येल स्कुल अफ म्यानेजमेन्ट र हावर्ड बिजनेस स्कुलको लागि पनि काम गरेकी छिन् । वांगले ब्रिगहम यंग युनिभर्सिटीमा अध्ययन गरेकी हुन् र उनलाई चिनियाँ मन्दारियन, अंग्रेजी र क्यान्टोनेस भाषा आउँछ । रिपोर्टका अनुसार उनले गेट्स फाउन्डेसनको लागि फ्रिलान्सको रुपमा काम गरेकी हुन् । यसबाहेक उनले कोरोनाकाल भन्दा पहिले अमेरिका र शंघाइको विमान सेवामा पनि काम गरिसकेकी छिन् ।

वांगका एक मित्र लीले पनि यस विषयमा एक ब्लग पोस्ट लेखेका छन् । उनले लेखेका छन् ‘वांग मेरी पुरानो सहकर्मी र मित्र हुन् । उनी यस्ती महिला हुन् जसबाट मैले प्रेरणा लिन्छु । मैले उनी अरुको विवाहित जीवनमा खलल पार्ने प्रयास गर्छिन् भन्ने विश्वास गर्न सक्दिन ।’ लीका अनुसार २ वर्ष पहिले वांगले पाइलटको लाइसेन्स पनि लिइसकेकी छिन् र पाइलटको प्रशिक्षण पनि पूरा गरिसकेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *