व्यथा लागेको २७ सेकेण्डमा बच्चा जन्माएर विश्वरेकर्ड

डिसी नेपाल
२५ वैशाख २०७८ १३:१८

काठमाडौं। बेलायतकी एक महिलाले आफूलाई व्यथा लागेको केवल २७ सेकेण्डमा बच्चा जन्माएर रेकर्ड बनाएकी छिन् । २९ वर्षकी सोफी बग ३८ हप्ताकी गर्भवती थिइन् । त्यस रात उनी बाथरुम गएकी थिइन् । तर अर्को मिनेटसम्म उनले बच्चा जन्माइसकेकी थिइन् । सोफीका अनुसार त्यतिबेला उनी आफ्नी एक साथीसँग फोनमा म्उासेजमा कुरा गरिरहेकी थिइन् ।

डेलीमेलको रिपोर्टअनुसार सोफीले त्यो समयबारे कुरा गर्दै भनिन् ‘मलाई कुनै किसिमको दुखाइ वा पीडा थिएन । मेरो शरीरलाई कुनै नोक्सानी भएको थिएन । मलाई त यो महसुस पनि भएको थिएन कि त्यतिबेला मैले बच्चा जन्माउन सक्छु । मैले बाथरुम जानुभन्दा पहिले साथीलाई मैले राम्रो महसुस गरिरहेकी छैन भनेर म्यासेज गरेपछि फोन राखेकी थिएँ ।’

त्यस रात सोफीका श्रीमान क्रिसलाई पनि सबै काम अति छिटो गर्नुपरेको थियो किनकि १ मिनेटअघि मात्र बाथरुम गएकी उनकी श्रीमती ध्यानपूर्वक विस्तारै बाहिर आउँदै थिइन् । डेलीमेलको रिपोर्टअनुसार सोफीले केवल एक पटक बाहिर धकेल्ने प्रयास गर्दा उनकी छोरीको टाउको बाहिर आएको थियो । रिपोर्टका अनुसार सोफी र उनको बच्चा दुवै ठिक छन् ।

सोफीले भनिन् ‘मलाई मेरो पेट हल्का दुखेको महसुस भएपछि मैले बाहिर धकेलेकी थिएँ । त्यसपछि मलाई महसुस भयो कि मेरी छोरीको टाउको निस्किसकेको छ । यो देखेर मैले चिच्याएर मेरो पार्टनरलाई बोलाएँ । त्यसपछि म विस्तारै हिँडेर कोठातर्फ जाने कोसिस गर्न थालें । सोफीले निकै कम समयमा बच्चा जन्माएको यो पहिलो पटक होइन । यसअघि २०१३ मा उनले जेठी छोरीलाई व्यथा लागेको केवल १२ मिनेटभित्र जन्माइसकेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *