भारतमा कोरोनाबाट निको हुनेमा अर्को गम्भीर समस्या, ३० भन्दा धेरैले आँखाको ज्योति गुमाए

डिसी नेपाल
२५ वैशाख २०७८ १५:३९

काठमाडौं। भारतमा कोरोनाभाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलिइरहेका बेला यहाँका संक्रमितमा अर्को गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ । गुजरातमा कोरोना संक्रमित भएर निको भएकाहरुमा अर्को गम्भीर संक्रमण देखिएको छ । यहाँ कोरोना संक्रमणबाट निको भएका मधुमेह पीडितहरुमा म्युकरमाइकोसिस भन्ने अर्को संक्रमण देखिएको छ ।

गुजरातको अहमदाबादस्थित सिभिल अस्पतालमा हालै कोरोनाका १२० भन्दा धेरै यस्ता केस दर्ता भएका छन् जसमा १० जनाभन्दा धेरैको मृत्यउु यो नयाँ संक्रमणका कारण भएको छ । यसबाहेक यहाँ १० भन्दा धेरै मानिसहरुले म्युकरमाइकोसिस संक्रमणका कारण आँखाको ज्योति गुमाएका छन् । यो संक्रमण आँखासहित शरीरका कैयौं भागमा भइरहेको छ । म्युकरमाइकोसिसको संक्रमणका घटना गुजरातमा मात्र नभइ देशका अन्य क्षेत्रमा पनि देखिएका छन् ।

दिल्लीमा पनि कोरोनाभाइरस संक्रमणबाट निको भएका बिरामीहरु म्युकरमाइकोसिसबाट पीडित भइरहेका छन् । सुरतमा पनि अहिलेसम्म म्युकरमाइकोसिसका १०० भन्दा धेरै केस आएका छन् । यीमध्ये २० जना बिरामीले आफ्नो आँखाको ज्योति सदाका लागि गुमाएका छन् । वडोदरा, राजकोटमा पनि म्युकरमाइकोसिका केसहरु भेटिएका छन् । गुजरातमा मात्र अहिलेसम्म ५ सयभन्दा धेरै म्युकरमाइकोसिका केस आइसकेका छन् । यो संक्रमणलाई क्यान्सरसँग तुलना गरिएको छ ।

अहमदाबादको सिभिल अस्पतालकी इएनटी प्रमुख डा. बेला प्रजापतिले इण्डिया टुडेसँग कुरा गर्दै अहिलेसम्म आएका केसहरुमध्ये अधिकांश ५० भर्षभन्दा बढी उमेर समूहका र मधुमेहबाट पीडितहरु भएको बताइन् । उनका अनुसार ५० वर्षमाथिका र मधुमेशबाट पीडितमा धेरै यो संक्रमण देखिएको छ । डा. प्रजातिका अनुसार यो संक्रमणपछि नाकमा असहज हुने र छाला रातो हुने लक्षण देखिन्छ । छाला रातो हुँदै उपचार गरेमा भने यो संक्रमणबाट बच्न सकिन्छ ।

डा. प्रजापतिका अनुसार म्युकरमाइकोसिस एक प्रकारको फंगस अर्थात ढुसीको संक्रमण हो । यो संक्रमण भएपछि सबैभन्दा पहिले रुघा लाग्छ । रुघा लागिसकेपछि यो संक्रमणको प्रमुख प्रभाव मस्तिस्कमा हुन्छ । यसको असरले बिरामीले आँखाको दृष्टि सदाको लागि गुमाउन सक्छन् । डा. प्रजापतिका अनुसार यो संक्रमण निकै खतरनाक छ । सुरुमै सही उपचार नभएमा यो संक्रमणले ज्यान लिन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *