चुनढुङ्गा खानीमा भएको विष्फोटमा परी १० मजदुरको मृत्यु भएका् आशंका

डिसी नेपाल
२५ वैशाख २०७८ १६:२०

काठमाडौं। भारतको आन्ध्र प्रदेशमा एक चुनढुंगा खानीमा गेलाटिन विष्फोट हुँँदा १० जना मजदुरको मृत्यु भएको आशंका गरिएको छ । आन्ध्र प्रदेशको कडपा जिल्लाको कलसापाडु मण्डलअन्तर्गत मामिल्लापल्लेमा शनिबार बिहान विष्फोट भएको कडपाका एसएसपी केकेएन अंबुराजनले बताए । विष्फोट निकै भयानक भएको र पीडितहरुको शरीरका टुक्राहरु यत्रतत्र छरिएको समाचारमा जनाइएको छ । घटनाबारे जानकारी पाएसँग पुलिस टिम घटनास्थल गएर उद्धारमा जुटेको छ ।

इण्डियन एक्सप्रेससँग कुरा गर्दै अंबुराजनले यो खानी इजाजत प्राप्त भएको बताए । खानी संचालकको गाडीबाट गेलाटिनका छडहरु ओराल्ने क्रममा विष्फोट भएको बताइएको छ । ‘हामीले विष्फोटको कारण खोजी गरिरहेका छौं’ अंबुराजनले भने । यो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले घटनाबारे बरिष्ठ अधिकारीहरुसँग सोधपुछ गरेका थिए । उनले विष्फोट पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *