एकैपटक ९ सन्तान जन्माएकी २५ वर्षीया आमाको अवस्था गम्भीर
काठमाडौं। एकैपटक ९ बच्चा जन्माएर विश्वभरी चर्चा बटुलेकी २५ वर्षीया आमा हलिमा सिसेको जीवन अब खतरामा छ । प्रसवको क्रममा अत्याधिक रक्तस्राव भएका कारण उनको अवस्था निकै गम्भीर छ र डाक्टरहरु उनलाई बचाउने हरसम्भव प्रयास गरिरहेका छन् । यो कुराको खुलासा उनको उपचारमा संलग्न डाक्टरहरुले बेलायती म्यागजिन द टाइम्ससँग गरेका हुन् ।
डाक्टरहरुका अनुसार ९ बच्चा जन्माउनु अघिदेखि नै हलिमा बच्चाहरुको तौल र शरीरबाट एम्नियोटिक फ्लुडको स्रावसँग संघर्ष गरिरहेकी थियन् । बच्चा जन्माउन सिजेरियन शल्यक्रिया गर्ने क्रममा उनको गर्भाशयको धमनीबाट रक्तस्राव भएको थियो । बच्चा जन्माउने बेला उनी ३० हप्ताकी गर्भवती थिइन् । २५ वर्षकी हलिमाले मोरक्कोमा एकसाथ ९ बच्चा जन्माएकी थिइन् । उनका बच्चाहरु ५ छोरी र ४ छोरा छन् ।
मालीको सरकारले हलिमाको स्वास्थ्यको रेखदेखको लागि विशेष व्यवस्था गरेको थियो । समाचार एजेन्सी एपीका अनुसार सबै बच्चाहरुको अवस्था ठिक छ तर उनकी आमाको अवस्था गम्भीर हुँदै गइरहेको छ । रेडियोलोजिस्टले १८ जना नर्सहरुको साथमा इन्क्युबेटरको सहयोगले रक्तप्रवाह रोक्ने कोसिस गरिरहेका छन् । हलिमा अहिले पनि भेन्टिलेटरमा छिन् र स्वतन्त्र रुपमा सास फेर्नुभन्दा पहिले उनलाई विशेषज्ञहरुको रेखदेखमा १२ हप्तासम्म राखिनेछ ।
द टाइम्सको रिपोर्टअनुसार हलिमाको पाचन तन्त्रले काम गरिरहेको छैन । ऐन बोर्जा क्लिनिकका चिकित्सा निर्देशक युसुफ अलोइले भने ‘समयभन्दा पहिले बच्चाहरुमा सानो संक्रमण भयो भने पनि उनीहरुको केही घण्टामा मृत्यु हुन सक्छ ।’ मेल अनलाइनलाई दिएको अन्तरवार्तामा हलिमाका ३५ वर्षका पति कादर अर्बीले भने ‘म आफ्ना नयाँ बच्चाहरुलाई हेर्न प्रतिक्षा गर्न सक्दिन । म आफ्नी पत्नीसँग लगातार सम्पर्कमा छु तर अलाई अर्की सानी छोरीको हेरचाहको लागि मालीमा आफ्नो घरमै बस्नुपर्यो । उनी अहिले २ वर्ष ५ महिनाकी छिन् ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment