चेल्सीको उत्कृष्ट पुनरागमन जित, म्यान्चेस्टर सिटी २-१ गोलअन्तरले पराजित
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उत्कृष्ट पुनरागमन जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले १ – ० ले पछि परेको अवस्था उल्ट्याउदै टेबुल टपर म्यान्चेस्टर सिटीलाई २ – १ गोल अन्तरले पराजित गर्यो।
रहिम स्ट्रलिङले पहिलो हाफको ४४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि थपिएको अतिरिक्त समयमा सिटीले पेनाल्टी पाएको थियो। जसमा सर्जियो अग्युरोले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन।
दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो। चेल्सीका हाकिम जियाजले ६३ औं मिनेटमा गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए।
प्रतिस्प्रधात्मक खेलको अतिरिक्त समय ९२ औं मिनेटमा चेल्सीका मार्कोस अलेन्सोले गोल गर्दै चेल्सीलाई २ – १ को जित दिलाए।
यो जितसँगै चेल्सी अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। उसले ३५ खेलबाट ६४ अंक बटुलेको छ।
पराजित लिग लिडर सिटीको ३५ खेलमा ८० अंक छ। सिटी दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेड भन्दा १३ अंकले माथि छ। युनाइटेडको ३३ खेलबाट ६७ अंक छ।
सीटिलाई यो सिजनको उपाधि जित्न मात्र एक जितको आवश्यक्ता छ। उसले लिगमा अब ३ खेल खेल्न बाँकी छ। पेप गार्डिवालको प्रशिक्षणमा रहेको सिटीको यो ५ औं पटक प्रिमियर लिगको उपाधि हुनेछ।
प्रिमियर लिगमा हालसम्म ७ वटा क्लबले उपाधि उचाल्न सकेका छन्। जसमध्ये सबैभन्दा धेरै म्यान्चेस्टर युनाइटेडले १३ पटक उपाधि जितेको छ।
यो पटकको च्याम्पियन्स लिग भिडन्त पनि यिनै दुइ टोलीबीच मे ३० मा हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment