बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु – Dcnepal

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

सांकेतिक तस्वीर


बाँके। बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए। यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ। रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो