नेपाल, पौडेल र नेम्वाङ फेरि वार्ता गर्ने गरी सिंहदरबारबाट निस्किए

डिसी नेपाल
२६ वैशाख २०७८ १६:३८

काठमाडौं। सत्तारुढ दल एमालेमा चर्किएको विावदका बीच आइतबार सिंहदवारमा अध्यक्ष तथा प्रधानमन्त्री निकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ तथा माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।

उनीहरुबीच फेरि वार्ता हुनेछ। नेता नेपाल निकट नेताले भने, ‘फेरि वार्ता गर्नेगरी सिंहदरबारको वार्ता सकिएको छ।’ उनका अनुसार दुबै पक्षले आ आफ्नो समूहमा सल्लाहा गरी वार्ताबाट उठेका हुन्। वार्तापछि बोल्दै सुवास नेम्वाङले वार्ता सकररात्मक रहेको बताएका छन्। उनले ओली र नेपालबीच फोन वार्ता भएपछि आफूहरु वार्तामा बसेको भन्दै फेरि वार्ता हुने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *