राप्रपा सांसद लिङ्देनलाई दोस्रोपटक कोरोना संक्रमण

डिसी नेपाल
२६ वैशाख २०७८ १९:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद राजेन्द्र लिङ्देन कोरोना संक्रमित भएका छन् ।

पाँच महिनाको अन्तरालमा उनी दोस्रोपटक कोरोना संक्रमित भएका हुन् । सांसद लिङ्देनको स्वास्थ्य अवस्था सामान्य रहेको र झापाको निजी निवासमा आइसोलेसनमा रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन् ।

पाँच महिनाअघि उनको दुबै फोक्सोमा निमोनियाका कारण स्वास्थ्या अवस्था गम्भिर भएपछि सेनाको हेलिकप्टरमार्फ काठमाडौं ल्याएर उपचारपछि निको भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *