खतरनाक खेल नखेल्न देउवालाई महन्थको सुझाव

डिसी नेपाल
२७ वैशाख २०७८ ६:५०

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफैं अप्ठेरोमा पर्ने खतरनाक खेल नखेल्न सुझाव दिएका छन्।

आफ्ना सहयोगी नेता राजेन्द्र महतोलाई समेत लिएर सभापति देउवाको निवास पुगेका अध्यक्ष ठाकुरले बैकल्पिक सरकार बनाउने प्रयास गर्नु देउवाका लागि खतरनाक खेल हुने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि संसदको विश्वास छ भन्ने प्रमाणित गर्न आज सोमबार संसदको विशेष अधिवेशन बोलाएका छन्। यही सन्दर्भमा सभापति देउवाले विश्वासको मत ओलीलाई नदिने त छँदैछ अर्को अविश्वासको प्रस्ताव ल्याएर आफू प्रधानमन्त्रीका प्रस्तावित हुने खेल पनि शुरु गरेको सुइको पाएपछि महन्त ठाकुरले देउवासंग समय मागेर आइतवार भेट गरी सो सुझाव दिएका हुन्।

उहाँले १९ जनाको हस्ताक्षर नै देखाउनुभयो। बाँकी ३ जना पनि आफ्नो पक्षमै भएको विवरण उहाँले दिनुभयो। एमालेमा माधव नेपालसमूहका २१ जनाले राजीनामा दिए पनि जसपाको अर्को समूह उपेन्द्र यादव र बाबुराम भट्टराईको समर्थनमा जम्मा १० जनामात्र भएकाले देउवालाई प्रधानमन्त्री बनाउन सक्ने गरी मत नपुग्ने देउवालाई स्पष्ट पारिएको छ।

महन्थले देउवालाई आफ्नो पक्षमा २२ जना जसपाका सांसदहरु रहेको विवरण दिएका थिए। ‘उहाँले १९ जनाको हस्ताक्षर नै देखाउनुभयो। बाँकी ३ जना पनि आफ्नो पक्षमै भएको विवरण उहाँले दिनुभयो’, महन्थनिकट स्रोतले देउवासँगको कुराकानीबारे डिसी नेपालसँग भन्यो, ‘एमालेमा माधव नेपालसमूहका २१ जनाले राजीनामा दिए पनि जसपाको अर्को समूह उपेन्द्र यादव र बाबुराम भट्टराईको समर्थनमा जम्मा १० जनामात्र भएकाले देउवालाई प्रधानमन्त्री बनाउन सक्ने गरी मत नपुग्ने देउवालाई स्पष्ट पारिएको छ।’

अहिले आफू प्रधानमन्त्री बन्ने खेल खेल्दा देउवा सफल नहुने र उल्टै सत्ता लोलुपताको असफल प्रयास गरेको आरोप लागेर नेपाली कांग्रेसको थप बद्नामी हुनेतर्फ महन्तले सुझाएको बताइएको छ। महन्थ र देउवाका बीचमा ओलीलाई साँच्चिनै संकट परे हाल माओवादी केन्द्रको पक्षमा रहेका सो दलकै केही सांसदहरु समेत ओलीलाई सहयोग गर्न तयार रहेको सूचनाका बारेमा पनि छलफल भएको बताइएको छ।

उनले ओलीले आफ्ना मागहरु पूरा गरेकोले ओलीको विरोध गर्नु जसपाका लागि राजनीतिक बेइमानी हुने तर्क गर्दै आफू राजनीतिक वेइमानी गरेर देउवालाई तत्काल समर्थन गर्न सक्ने अवस्थामा नरहेको प्रष्ट पारेका थिए।

बहुमत पुर्याउन सक्ने अवस्था तत्काललाई कतैबाट पनि नभएकाले प्रधानमन्त्री पदका लागि लालच देखाउनु देउवाका लागि खतरनाक खेल हुन सक्ने महन्तको धारणा थियो।

दुबै नेताहरुले मुलुक अव अर्ली इलेक्सनतर्फ गएको ठहर गरेको बताइएको छ। संसदमा ठूलो दलको हिसावले प्रधानमन्त्री बनी ओलीले संसद विघटन गर्ने र आगामी मंसीरमा संघीय संसदको निर्वाचन घोषणा गर्नेबारे उनीहरुबीच कुरा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *