ओलीको प्रशंसा गर्दै थापाले भने-चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउनु सम्झना याेग्य

डिसी नेपाल
२७ वैशाख २०७८ १०:१६
888
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रशंसा गरेका छन्। थापाले साेमबार विहान ट्वीट गर्दै अनेक विवाद/ असफलताका वावजुद चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको निम्ति ओलीकाे सम्झना भइरहने बताएका हुन्।

थापाले ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला, फेरि प्रधानमन्त्री बन्न सक्नुहोला।’

थापाले सोमबार हुने विश्वासको मतमा प्रधानमन्त्री फेल हुने र प्रधानमन्त्रीले राजीनामा दिने त्यसका साथै पुन: उनै ओली प्रधानमन्त्रीमा नियुक्ति हुन सक्ने उनले बताएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *