केवल १० वर्ष पुरानो कम्पनीमा ९ जना अर्बपति

डिसी नेपाल
२७ वैशाख २०७८ ११:५७

काठमाडौं। अमेरिकालाई विश्वको सबैभन्दा धनी देश र सबैभन्दा ठूलो अर्थव्यवस्था मानिन्छ तर सबैभन्दा धेरै अर्बपतिको मामिलामा चीनका कम्पनीहरु अमेरिकी कम्पनीभन्दा अगाडि छन् । चीनको राजधानी बेइजिङमा विश्वका अन्य शहरभन्दा धेरै १०० अर्बपति बस्छन् । एउटा निकै कम चर्चामा रहने ब्याट्री उत्पादक कम्पनीमा ९ जना अर्बपति छन् । जबकि फेसबुक, वालमार्ट र गुगलजस्ता विश्वका सर्वाधिक प्रसिद्धमध्येका कम्पनीमा केवल ८–८ अर्बपति छन् । चीनको कम्पनी कन्टेक्पोररी एम्परेक्स टेक्नोलोजी विश्वमा सबैभन्दा धेरै अर्बपति भएको कम्पनी हो ।

सिएटिएल विश्वका सबैभन्दा शानदार र लग्जरी कार कम्पनीहरु बीएमडब्लु,फक्स वेगन, मार्सिडिज बेन्जको इलेक्ट्रिक मोडलको लागि ब्याट्री बनाउँछ । चीन विश्वको सबैभन्दा ठूलो अटोमोटिभ र विद्युतीय कारको बजार हो । यसलाई मध्यनजर गर्दै सिएटिएलले आफ्नो उत्पादन क्षमता सुरुवातको तुलनामा निकै बढाएको छ ।एडामास इन्टेलिजेन्सका अनुसार विश्वभर उत्पादन हुने इलेक्ट्रिक कारमा जडान गरिने ब्याट्रीमध्ये २२ प्रतिशत ब्याट्रीय सिएटिएल एक्लैले बनाउँछ । सिएटिएलभन्दा अगाडि एउटा मात्र कम्पनी छ । एलर्जी इनर्जी सोल्युसन नामको कम्पनीका ब्याट्रीले २८ प्रतिशत बजार ओगटेका छन् र यो कम्पनी पोल्याण्डको हो ।

फोर्ब्सका अनुसार विश्वमा सबैभन्दा धेरै अर्बपति भएको कम्पनी बनेको सिएटिएलको सबैभन्दा रोचक विशेषता भनेको यो नयाँ कम्पनी हो । यो कम्पनी केवल १० वर्ष अगाडि २०११ मा स्थापना भएको थियो । कम्पनीले कोरोनाकालमा ठूलो सफलता हासिल गर्यो । गएको वर्ष २०२० मा मात्र यो कम्पनीको शेयरमा उछाल आएर १५० प्रतिशत सम्म बढेको थियो । कम्पनीका संस्थापक तथा सिइओ रबिन झेंगसँग कम्पनीको २५ प्रतिशत शेयर छ । मार्च २०२० को तुलनामा रबिन झैंगको सम्पत्ति १ वर्षपछि ३ गुणा बढेको छ ।

रबिन झेंग अहिले फार्ब्सको विश्वका सबैभन्दा धनीहरुको सूचीमा ४७ औं स्थानमा छन् । जानकारीका अनुसार झेंग पहिले एक विद्युतीय उपकरण उत्पादक कम्पनीमा इन्जिनियर थिए । उनले १९९९ मा लिथियम आयोन ब्याट्री बनाउने काम सुरु गरेका थिए । पछि २०११ मा उनले सिएटिएल कम्पनी स्थापना गरेका थिए ।

चीन सरकारले २०१५ मा विद्युतीय कारको ब्याट्री बनाउने कम्पनीलाई अनुदान दिन सुरु गरेको थियो । यसबाट सिएटिएल कम्पनीको लागत कम भयो, अर्कोतर्फ लगातार प्रदूषण र इन्धनको बढ्दो मूद्ययका बीच विद्युतीय कार कम्पनीले यी कार निकै सस्तो भन्दै प्रचार सुरु गरे । यसबाट ब्याट्रीको माग बढ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *