‘कोरोनाबारे चीनले ६ वर्षदेखि शोध गरिरहेको थियो, यसलाई जैविक हतियार बनाउन चाहन्थ्यो’

डिसी नेपाल
२७ वैशाख २०७८ १२:२७

काठमाडौं। कोरोनाभाइरस अचानक मानवमा फैलिएको नभइ यसलाई चीनले जानीजानी जैविक हतियारको रुपमा मानिसमा फैलाएको हुन सक्ने अस्ट्रेलियाको एक प्रतिष्ठित अखबारले दावी गरेको छ । अखबारका अनुसार कोरोनाभाइरस २०२० मा अचानक आएको नभइ यसको तयारी चीनले ६ वर्षअघि २०१५ देखि नै गरिरहेको थियो । द विकेन्ड अस्ट्रेलियनले आफ्नो एक रिपोर्टमा चीनले २०१५ देखि नै कोरोनाभाइरसलाई जैविक हतियारको रुपमा विकास गरेको दावी गरेको छ ।

अखबारले चीनको एक शोधपत्रलाई आधार बनाएर यस्तो दावी गरेको हो । यो शोधपत्रमा चीनले २०१५ देखि नै सार्स भाइरसको प्रयोग गरेर जैविक हतियार बनाउने कोसिस गरिरहेको दावी गरिएको छ । रिपोर्टका अनुसार चिनियाँ वैज्ञानिक र स्वास्थ्य अधिकारीहरुले २०१५ देखि नै कोरोनाका अलग अलग स्ट्रेनबारे चर्चा गरिरहेका थिए । त्यतिबेला चिनियाँ वैज्ञानिकले तेस्रो विश्वयुद्धमा यसलाई जैविक हतियारको रुपमा प्रयोग गरिने बताएका थिए । त्यतिबेला यो भाइरसलाई हेराफेरि गरेर कसरी यसलाई महामारीको रुपमा परिणत गर्न सकिन्छ भन्ने विषयमा पनि चर्चा भएको थियो ।

रिपोर्टमा हरेक पटक भाइरसको जाँच गर्ने कुरा आएपछि चीन पछि हट्ने विषयमा पनि प्रश्न उठाइएको छ । अस्ट्रेलियाली साइबर सेक्युरिटी विशेषज्ञ रोबर्ट पटरका अनुसार यो भाइरस कुनै चमेरा बजारबाट फैलिन सक्दैन र यो थ्योरी पूरै गलत हो । चिनियाँ शोधपत्रको गहिरो अध्ययन गरेपछि रोबर्टले भने ‘यो शोधपत्र एकदमै सही छ । हामी चीनको शोधपत्रमाथि अध्ययन गरिरहन्छौं । यसबाट थाहा हुन्छ कि चीनका वैज्ञानिक के सोचिरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *