प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु

डिसी नेपाल
२७ वैशाख २०७८ १३:२६

काठमाडौं। प्रतिनिधिसभाका प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० बमोजिम प्रतिनिधिसभामा आफूप्रति बहुमत सदस्यको विश्वास छ भन्ने सिद्ध गर्नको लागि प्रतिनिधि सभामा प्रस्ताव पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकी थिइन् ।

सोही बमोजिम आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको प्रस्तावबमोजिम विश्वासको मत लिनको लागि आजकै प्रतिनिधि सभा बैठकका लागि समय तोकेका छन् । सभामुखले आजकै मिति तोकेर प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । १५ मिनेटपछि बैठक सुरु भएसँगै सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नदिने प्रक्रिया सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *