पार्टी फुटाउन माधव नेपाललाई उचाल्दै बामदेव गौतम
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बैठकमा माधव नेपाल पक्षले विद्रोह गर्न सक्ने परिस्थिति बनिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साउने किसिमको अभिव्यक्ति दिएका छन् । उनले यदि माधव नेपालले पार्टी विभाजन गरे आफू माधव नेपालको पक्षमा लाग्ने बताएका छन् ।
माधव नेपाल पक्ष पार्टीभित्र महिनौंदेखि असन्तुष्ट रहेको र एमाले विभाजन हुन सक्ने आँकलन गरिएका बेला गौतमको ‘आगोमा घिउ थप्ने’ खालको अभिव्यक्ति आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताको विन्दुबाट अघि बढ्न आग्रह गर्दै आएका गौतमले अध्यक्ष ओली त्यो विन्दुमा फर्किन असहमत भएपछि माधव नेपालतिर जाने संकेत गरेका हुन् ।
स्मरणीय छ बामदेव गौतमले यसअघि पनि नेकपा एमाले विभाजन गरिसकेका छन् । तत्कालीन समयमा मनमोहन अधिकारी आलंकारिक अध्यक्ष र माधवकुमार नेपाल कार्यकारी महासचिव रहेका बेला गौतमले २०५४ सालमा एमाले विभाजन गरेका थिए । तर, पछि बामदेव एमालेमै फर्किएका हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment