वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन : प्रधानमन्त्री

डिसी नेपाल
२७ वैशाख २०७८ १४:३३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताएका छन्। सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो विषम् परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताए।

उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताए। उनले कोभिडविरुद्धको लडाइमा रहेको केला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताए।

‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं। तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भने।

‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपने अवस्था छ,’ ओलीले भने, ‘ यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन।’

उनले हाम्रा चिन्तन, प्रयास, ध्यान र प्रयास जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसमा केन्द्रित हुन नसकेको बताए।

‘सरकार आफ्ना ध्यान कोभिड–१९ विरुद्धको लडाइमा केन्द्रित गर्न चाहेको थियो। विकासका प्रश्नहरुमा केन्द्रित गर्न चाहेको थियो। सामाजिक जनजिवनमा बढी क्षति र खलबलाहट हुन नपाओस्, अर्थतन्त्रमा प्रतिकुल असर न्यून गर्न सकियोस् यस कुरामा सरकार लाग्यो,’ प्रधानमन्त्री आलीले भने, ‘तर, सरकारले अनेक अप्ठ्यारा सामना गर्नुपर्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *