समर्थन फिर्ता लिएको माओवादीलाई प्रधानमन्त्रीले भने–‘केही बिग्रेको छैन, आज दिए भैगो’

डिसी नेपाल
२७ वैशाख २०७८ १४:३९

काठमाडौं। आफूलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निकैव्यङग्यात्मक जवाफ दिएका छन् । उनले आफैंले म विश्वासको मत लिन्छु भनेर अगाडि नआउँदासम्म माओवादीले समर्थन फिर्ता नलिएको बताउँदै आज आफूले विश्वासको मत लिन चाहेकोले आज विश्वासको मत दिए हुने बताएका हुन् ।

कोभिड–१९ विरुद्धको अभियानमा अबको सरकार जसको बन्ला जस्तो बन्ला त्यो बेग्लै कुरा भए पनि त्यो सैद्धान्तिक कुरा मात्र भएको बताउँदै प्रधानमन्त्रीले यो सदनले आफू छँदाछँदै अर्को प्रधानमन्त्री बनाउला भनेर नसोचेको बताएका छन् । यसअघि बाहिर बाहिर प्रधानमन्त्री भएन भने पनि कसैले आफूमाथि अविश्वास नगरेको उनले बताए । उनले पार्टी अलग भइसक्दा पनि, समर्थन छैन भन्ने भइसक्दा पनि समर्थन फिर्ता नलिइएको बताउँदै उनले यो अत्यन्तै सुदृढ समर्थन भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *