प्रधानमन्त्रीको सम्वोधन : सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन

डिसी नेपाल
२७ वैशाख २०७८ १५:१६

मुलुक कोभिड–१९ बाट आक्रान्त भइरहेको छ। कोभिडका कारण कतिपय नागरिकको अमूल्य जीवन अन्त्य भइरहेको छ। कोभिड विरुद्ध लडाइँ लडिरहेका छौं। सरकारको ध्यान कोविभ–१९ को रोकथाम र उपचारमा केन्द्रित छ।

आवश्यकता अनुसार आफ्ना ध्यान कोभिड विरुद्धको लडाइँलाई प्रावकारी ढंगले अगाडि बढाइरहेको छ। म कोभिडका कारण ज्यान गुमाउने सबैप्रति श्रद्धासुमन व्यक्त गर्छु।

यस सदनको म माथि विश्वास छ भन्ने पुष्टी गर्न आवश्यक ठानेकोले यो प्रस्ताव राखेको हुँ। हामी कहाँ संलग्न छौं भन्ने मा होइन, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका छौं। जनताको भावना र हितको प्रतिनिधित्व हामी गर्छौं, यस्तो अवस्थामा हामीले विचारको आग्रह, आफ्ना स्वास्र्थबाट निर्देशित होइन, म कहाँ छु भनेर होइन, आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पछ्यायर निर्णय गर्नु पर्नेछ।

यदि हामीले सच्याइलाई पछ्याउँछौ भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नु पर्ने सरकार होइन। एउटा अग्नि परीक्षा मात्रै होइन, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्न, राष्ट्रिय हितलाई सर्वोपरी राखेर व्यवहार गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसुर नराखेको कुरा तर्कभन्दा माथि छ।

तथ्यले तर्क गर्नु पर्दैन, तस्वीर आफैं बोल्छ भनेझैं हामीले लिएका अडानहरु आफैं बोल्छन्। उपलधि आफैं बोल्छन्, तसर्थ राष्ट्रियताको सवालमा नेपाल अन्तर्राष्ट्रिय मञ्चमा खलेको भूमिका यी सबै विषयमा हेर्ने हो भने नेपाल सुनिन र देखिन थालेको छ। सुन्नुपर्ने आवश्यक्ता महशुस हुन थालिएको देशको रुपमा स्थापित भएको छ।

धेरै बोल्नु पर्ने र त्यति व्यवहारिक, त्यति उपलब्धि पूर्ण ढंगले अगाडि बढेको सरकारलाई विश्वास नगर्नु पर्ने कुनै कारण छैन। हामी आइडोलोजोकिल हुने हो भने बेग्लै कुरा होला, होइन भने यसमा अविश्वास गर्नु पर्ने या विश्वास गर्न नसकिने कुनै कारण नै छैन।

यसै गरी शुसासन, समस्याहरुलाई थाँती राखेर, समस्याको गीत गायर होइन, समस्यालाई समाधान गर्ने सन्दर्भमा सरकार प्रभावकारिता तर सफलताका साथ अगाडि बढेको यो सरकारलाई विश्वास नगर्ने?

हामीले वैचारिक हिसाबले, संविधानको स्वीकार्यता पालना, सर्वस्वीकार्य र त्यस प्रकारको कुनै समस्या छैन। जहाँसम्म सविधान यो वा त्यो अवस्थामा व्यवहारका क्रममा संसारका जुनसुकै संविधान पनि परिमार्जन हुँदै जान्छन्।

परिवर्तनका आवश्यक अनुरुप र देशलाई अगाडि बढाउन औचित्यपूर्ण, त्यसका लागि सरकार सबै पक्षसँग छलफल गर्न, मस्यौदाका सन्दर्भमा सुझावका लागि, कार्यदल पनि बनाउन सकिन्छ। संविधान असंशोधनीय होइन, औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न सकिन्छ।

विखण्डनको राजनीति, विभाजनको राजनीति होइन, त्यसै गरी राजनीतिक उद्देश्यका लागि माग पूरा गर्न गराउन हिंसालाई माध्याम बनाउनु पर्छ भन्ने जुन सोचहरु रहेका थिए, ती सोचहरु पनि अन्त्य भएको छ। सरकारले संवादको माध्यमबाट हिंसाको बिचार र मार्ग परित्याग गराएर शान्ति पूर्ण राजनीतिको मुलधभारमा ल्याएको छ। के यी ऐतिहासिक र ठूला उपलब्धी होइनन्?

बाटाघाटा पुल, झोलुङ्गेपुल निमार्ण द्रुतगतिमा भइरहेको छ। नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गरेको छ। संचारको क्षेत्रमा यति धेरै कामहरु भएका छन्, हामी आफ्नो मोबाइलबाट आफ्नो जमीनको जानकारी पाउन सक्छौं, त्यसरी हामीले डिजिटल म्याप बनाएका छौं, नागरिक एप बनाएका छौं।

डिजिटल नेपाल बनाउने हाम्रो अठोट त्यसलाई प्राप्त गर्ने कोशिस गरिएको छ। ५–जीको प्रयोग भइरहेको छ। मेरो कित्ता भनेर आफ्नै मोबाइलामा आफ्नो जमीन हेर्न सकिन्छ।

अहिले १७ करोड लिटर मेलम्चीको पानी ल्याइएको छ। अबका केही वर्षमा ५१ करोड लिटर पानी काठमाडौंमा ल्याइन्छ र त्यसपछि काठमाडौंमा पानीको कमी हुँदैन।

अहिले हाम्रा अगाडि धरहरा निमार्ण भयो, दरवार हाईस्कुलको दृष्य नै फरक छ। सिंहदरबारको प्रवलिकरण भइरहेको छ। करिव वर्षमा १० किलोमिटर बाटो बन्ने देशमा दिनमा ६ किलोमिटर बाटो बनिरहेको छ। यो तीव्रता आजको सरकारको हो। नयाँ १२ वटा स्मार्ट सिटी बन्दै छ। कृषिको आधुनिकीकरणका कामहरु भइरहेका छन्।

सामाजिक पूर्वाधारका क्षेत्रमा भन्ने हो भने स्कुल छोडेर बाहिर जाने स्थिति नहोस भन्ने सन्दर्भमा पनि सरकारले ध्यान दिएको छ। कृषिलाई कसरी ठूलो मात्रको उत्पादनमा लान सकिन्छ। यी सबै एउटा भिजनका परिणती होइनन्?

साेमबार संसदमा विश्वासकाे मत माग्दै प्रधानमन्त्रीले दिएकाे मन्तव्यकाे संपादित अंश




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *