संविधानलाई कोरोना लागेजस्तो, आइसीयूमा राखेजस्तो भयो: प्रचण्ड

डिसी नेपाल
२७ वैशाख २०७८ १५:१६

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) अहिलेको समयमा संविधानलाई नै कोरोना लागेको र संविधान नै आइसीयुमा राखेजस्तो भएको बताएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधानलाई घाइते पारिएको बताएका हुन् ।

प्रधानमन्त्रीले आफूलाई राष्ट्रिय समस्या भनेर टिप्पणी गरेको भन्दै उनले भने ‘प्रधानमन्त्रीज्यू राष्ट्रिय समस्या तपाइँ हो कि म हो आउनुहोस् बहस गरौं ।’ पार्टीभित्र आफू र प्रधानमन्त्रीबीच भएको बहसलाई लिएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो रिस सम्मानित संसदमाथि पोखेको बताए ।

संविधान बनाउँदै गर्दा एउटै प्रधानमन्त्रीले ५ वर्षसम्म शासन गर्न सकोस् भन्ने परिकल्पना गरिएको भए पनि अहिले नै विश्वासको मत र अविश्वासको प्रस्तावको खेल सुरु हुनु दुखद भएको उनले बताए । उनले प्रधानमन्त्रीसँग विश्वासको मत माग्ने अधिकार समेत नभएको बताए । प्रधानमन्त्रीले विघटन गरिसकेको प्रतिनिधिसभासँग विश्वासको मत माग्ने अधिकार नभएको उनको तर्क थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *