बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

डिसी नेपाल
२८ वैशाख २०७८ १६:४६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ। नयाँ सरकार गठनका विषयमा छलफल गर्न काँग्रेस बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउनका लागि दलहरुलाई बिहीबार बेलुका ९ बजेसम्मको समय दिएकी छन्।

ओली सरकारको विकल्पमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको काँग्रेसले सरकार बनाउन आवश्यक सिट संख्या कसरी पुर्याउने भन्ने विषयमा छलफल गरिरहेको एक नेताले जानकारी दिए। विपक्षीहरुको गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाको एक समूह छ। तर, यो समूहसँग सरकार बनाउन आवश्यक सिट संख्या छैन। त्यसैले विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम छ।

पदाधिकारी बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल , उपसभापति बिजय कुमार गच्छदार, उपसभापति बिमलेन्द्र निधी। महामन्त्री डा शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सहमहामन्त्री डा प्रकाश शरण महत, कोषाध्यक्ष सीता देवी यादव, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसाल सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *