नेपालमा संक्रमण दर भारतमा भन्दा दोब्बर

डिसी नेपाल
२९ वैशाख २०७८ १८:२३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर भारतको भन्दा दोब्बर रहेको जनाएको छ ।

नेपालमा परीक्षण गरिएकामा संक्रमण देखिने दर ४५.१ प्रतिशत रहेको छ भने भारतमा २२.६ प्रतिशत रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा. अर्चना श्रेष्ठले बताइन् ।

त्यस्तै, नेपालमा मृत्युदर पनि भारतको भन्दा बढी रहेको छ । भरतमा २.५ प्रतिशत रहेको मृत्युदर नेपालमा ३.३ प्रतिशत रहेको छ ।नेपालमा अहिले कोरोना संक्रमितको संख्या प्रति १० लाखमा ३०४ जना रहेको छ, जुन भारतमा २४० जना प्रति १० लाख रहेको छ ।

पछिल्लो हप्ताको तुलनामा सातै प्रदेशमा संक्रमितको संख्या बढेको छ । सबैभन्दा बढी गण्डकीमा १११ प्रतिशत संक्रमित थपिएका छन् । यस्तै प्रदेश दुईमा १७७ प्रतिशत, बाग्मती प्रदेशमा ५२ प्रतिशत, प्रदेश एकमा ७१ प्रतिशत, लुम्बीनी प्रदेशमा १९ प्रतिशत, कर्णाली प्रदेशमा ७९ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७६ प्रतिशत संक्रमित थपिएका छन् ।

नेपालका ४४ जिल्लामा संक्रमण व्यापक भएको र अधिकांश जिल्लामा अधिक रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *