ट्रमा सेन्टरका निर्देशकको भावुक स्टाटस : ‘रातभर थामियो, अब गाह्रो छ
काठमाडौं । सरकारले कोरोनाका बिरामीलाई हेर्ने गरी बीर अस्पताल र ट्रमा सेन्टरलाई डेडिकेटेड अस्पतालको रुपमा घोषणा ग¥यो। उक्त घोषणा गरेको केही दिन नवित्दै अरु अस्पतालामा झै ट्रमा सेन्टरमा पनि अक्सिजनको कमी भएको खबर बाहिरिएको छ।
ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अक्सिजन सहयोगको याचाना गरेका छन्, उनले भनेका छन्, ‘रातभर थामियो, अब गाह्रो भो।’
अर्का कर्मचारी भूवन केसीको पनि अक्सिजनको कमी भएको कुरा फेसबुकमै लेख्छन्। उनले भनेका छन्, ‘रातभर निर्देशक डा. पौडेलसहितको टोलीले जोहो गरेको अक्सिजनले विहानसम्म मात्र धन्ने छ। त्यसपछि भगवान भरोसामा चल्नु पर्ने छ। चाडैँ अक्सिजनको व्यवस्था गर्नुहोस्।’
उनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सीजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन समेत केसीले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment