एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी
फाइल फाेटाे।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा सकिन लाग्दा सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको छ।
बैठकमा पार्टीभित्रको विवाद समाधानका विषयमा पनि छलफल भइरहेको छ। विशेष गरी माधव नेपाल पक्षका मागलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ।
माधव नेपाल पक्षका माग सम्वोधन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई दिने तयारी भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment