प्रधानमन्त्री ओली र माधव नेपालबीच बुढानिलकण्ठमा छलफल जारी

डिसी नेपाल
३० वैशाख २०७८ १४:२४
324
Shares

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ ।बुढानिलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले बिहान नेता नेपाललाई टेलिफोन गरी भेट्न प्रस्ताव गरेका थिए।

बिहीबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि गरिएको कारवाही फिर्ता लिने निर्णय गरेको थियो। यससँगै दुई शीर्ष नेताबीच छलफल सुरु भएको हो । ‘पार्टी एकतालाई बलियो बनाउने प्रयास सुरु भएको छ, अब पार्टीभित्रको विवादलाई समाधान गर्ने गरी गतिविधि अगाडि बढ्छन्,’ बालुवाटार निकट एक नेताले डिसी नेपालसँग भने, ‘त्यसका लागि आज प्रधानमन्त्री र माधव कमरेडबीच हुने भेट महत्वपूर्ण हुनेछ।’

माधव नेपाल समूहले पार्टीलाई २०७५ जेठ दुई अघिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन्। तर अध्यक्ष ओलीले भने माओवादी केन्द्रबाट आएका नेताहरुलाई हटाउन नसकिने अडान राख्दै आएका छन्। ‘फ्लोरक्रस गरेर पार्टी विधान विपरित काम गरेकालाई भित्र्याउन र आन्दोलनमा साथ दिएका बालदलगायत माओवादीबाट आएका कारवाही भोगेका, सांसद पद गुमाएका साथीलाई निष्काशन गर्ने काम हुन सक्दैन’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *