सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड

डिसी नेपाल
३१ वैशाख २०७८ १५:०१

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ। आईपीओ २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले पाएको कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

उसका अनुसार आईपीओ पाउने आवदेकमध्येबाट ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्।

बाँकी १४ लाख ५१ हजार ४ सय ३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४ सय ४२ वटा आवेदन रद्द भएको छ।

आवेदकले नतिजा ‘आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपी’ बाट हेर्न सकिन्छ। नतिजा शुक्रबार साँझबाट मात्रै हेर्न सकिने सनराइज क्यापिटलले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *