राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४९ प्रतिशतले घट्यो
काठमाडौं। राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ४९.४७ प्रतिशतले घटेको वित्तीय विवरण सर्वजनिक गरेको छ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५३ करोड ४३ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १०.८५ प्रतिशतले बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क बढेपनि अन्य आम्दानी घटेपनि नाफामा संकुचन देखिएको हो।
कम्पनीको लागनी कर्जा तथा अन्य आय ३८.८० प्रतिशतले घेटर १० करोड ५५ लाख रुपैयाँमा झरेको छ। गत आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड २४ लाख रुपैयाँ रहेको थियो।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण कम्पनी लगानी कर्जा तथा अन्य आम्दानी घटेको कम्पनीले जनाएको छ।
यस अवधिसम्ममा कम्पनीले ३९ हजार ६२८ वटा बीमालेख जारी गरी १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ हजार ७२१ वटा दाबी वापत १४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ।
Facebook Comment