पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज
काठमाडौं। कोरोना संक्रमित भएर राजधानीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाह स्वास्थ्य लाभपछि डिस्चार्ज भएकी छन्। उनलाई अस्पतालले शुक्रबार अपराह्न डिस्चार्ज गरेको हो। उनीसँगै उनकी छोरी प्रेरणा पनि डिस्चार्ज भएकी छन्।
कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए। त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन्।
उपचारका क्रममा कोमल शाहलाई आईसीयूमासमेत राखिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment