सुनसान विराटनगर महानगपालिका (तस्विर)

डिसी नेपाल
५ जेठ २०७८ १३:००

काठमाडौं । दोश्रो लहरको कोरोना फैलिन थालेपछि देशका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। यस्तै ठूला शहरहरु भने यो बेलामा सुनसान देखिन थालेका छन्।

कोरोना संक्रमण न्युनिकरण गर्नको लागि सरकारले संक्रमितको संख्या बढी भएका जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढेसँगै निषेधाज्ञाको अवधि पनि थपिदै लगिएको छ ।

सर्वसाधारणलाई खाद्यन्यलगायतका अति आवश्यक सामग्री किनमेल गर्नको लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । जुन तोकिएको समयमा मापदण्डनुसार केही मानिसहरु किनमेलको लागि घरबाहिर निस्कने गर्छन् ।

निषेधाज्ञाले गर्दा यतिबेला सहर बजारमा अति आवश्यकका मानिसहरु मात्र फाट्टफुट्ट देखिन्छन् । सहरका सडक सुनसान छन् भने हाट बजार बन्द गरिएका छन् । देशका सुनसान सहरहरु मध्ये यहाँ विराटनगर महानगरपालिकाका मुख्य सहरका सडकहरु सुनसान छन् ।

डिसी नेपालले आज(बुधबार) निषेधाज्ञाको अवस्थामा देखिएको सुनसान विराटनगरका सडकहरुलाई कैद गरेको छ ।

तस्विरः निशान केसी /भवेस खड्का




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *