विवेकशील साझाले आज कसैलाई भोट नदिने
काठमाडौं। विवकेशील साझा पार्टीले आज भइरहेकाे राष्ट्रियसभा उपनिर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ।
विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको जानकारी दिए।
‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
वागमती प्रदेशमा विवकशील साझा पार्टीका तीन जना प्रदेश सभा सदस्य छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment