एमाले स्थायी कमिटी बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद बैठक

डिसी नेपाल
६ जेठ २०७८ ११:४५

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको एजेण्डाका विषयमा केही जानकारी गराइएको छैन। तर पार्टी एकतका विषयमा भइरहेका प्रयासका विषमया प्रधानमन्त्रीले सदस्यहरुलाई जानकारी गराउने बताइएको छ।

‘बैठक बस्ने जानकारी आएपछि बैठकका एजेण्डाका विषयमा केही बताइएको छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टी विवाद समाधान लगायतका विषयमा छलफल हुन सक्छ।’

यसैबीच प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद बैठक बोलाएको छन्। मन्त्रिपरिषद बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *