नेपाली कांग्रेसले काेराेना नियन्त्रणका लागि सरकारलाई बुझायाे ज्ञापन पत्र (पत्रसहित)

डिसी नेपाल
६ जेठ २०७८ ११:५१

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओलि उपप्रधानमन्त्री ईश्वर पोखरेल ,स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ,अर्थमन्त्री विष्णुप्रसाद पौडेल ,संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ,महामन्त्री शशांक कोइराला ,महामन्त्री पुर्ण बहादुर खड्का ,सह महामन्त्री डा.प्रकाश शरण महत ,डा.रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खांड, कृष्णप्रसाद सिटौलालगायतको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापन पत्रमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खोप उपलब्ध गराउनु पर्ने, खोप लगायत अन्य स्वास्थ्य सामग्री खदिमा भएका भष्ट्राचारको छानविन गरिनु पर्ने लगायतका माग खाखिएको छ।

बुधबार बसेको काग्रेस संसदीय दलको बैठकले कोरोनाको नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो। उक्त ध्यानाकर्षण गर्ने निर्णयको पत्र बुझाउन सभापति देउवा सिंहदरवास स्थित प्रधानमन्त्री कार्यालय गएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *