तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
६ जेठ २०७८ १३:२०
136
Shares

काठमाडाैं । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो।

तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए।

तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ। तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *