प्रचण्ड र नेपाल बुढानिलकण्ठको बैठकबाट बाहिरिए
काठमाठौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) देउवा निवासको विपक्षी दलहरुको बैठकबाट बाहिरिएका छन।
राष्ट्रपतिले धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षीहरुको छलफल जारी छ।
बैठकबाट बाहिरिँदै अध्यक्ष दाहालले धेरै विकल्पहरूमाथि छलफल भइरहेको र चाँडै टुंगोमा पुग्ने बताए। उनले भने ‘छलफल भयो, छलफल जारी छ। अहिले कुनै निर्णय भएको छैन। विकल्प धेरै छन्, त्यसमा छलफल भइरहेको छ।’
यस्तै त्यसभन्दा केही समय पहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पनि बैठक छोडेर बीचमै बाहिरिएका थिए। उनले भने बैठकबाट निस्किने क्रममा केही प्रतिक्रिया जनाएनन्।
अरु दलका नेताहरु र कांग्रेस सभापति देउवा बीच भने आगामी रणनीति तय गर्न छलफल जारी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment