महन्थ ठाकुर पक्ष वैकल्पीक सरकार निर्माणमा सहभागी नहुने
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह राष्ट्रपतिबाट ७६(५) अनुसार आह्वान भएको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति प्रधानमन्त्रीको आग्रहमा संविधानको धारा ७६ को (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएको थियो। जसको समयसीमा अहिले साँझ ५ बजे सकिँदैछ ।
त्यसपछिका घटनाक्रमबो विषयमा सिंहदरबारमा बसेको ठाकुरपक्षीय सांसदहरूको बैठकले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय लिएको हो।
बैठकबाट बाहिरीदैँ उनले भने ‘हामी सुरुदेखि नै तटस्थ रहँदै आएका छौं। अहिले पनि हाम्रो सोच त्यही छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment