आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न प्रधानमन्त्री ओलीकाे आह्वान

डिसी नेपाल
७ जेठ २०७८ १३:३२
112
Shares

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आह्वान गरेका छन्। शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले राष्ट्रिय सहमतिकाे सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ।’

उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे।

‘सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्,’ उनले भने, ‘कसले विघटन गर्न खोज्यो संसद ? मलाई सर्मथन गर्नुहोस्। महामारीका बेला सबै सरकारमा सहभागी होऔं। यस्तो बेलामा हामी सबै मिलेर कोभिड-१९ विरुद्ध लडौँ। तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस्, रचनात्मक भूमिका हाम्रो हुनेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *