३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ

डिसी नेपाल
७ जेठ २०७८ १६:४४
8.4k
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पाँच बजेसम्म सरकार बनाउनका लागि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दावी गर्न दिएको समय सकिनै लाग्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनले आ आफ्नो बहुमत रहेको दावी गर्दै सरकार बनाउने दावी पेश गरेका छन्।

प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ जनाको बहुमत रहेको भन्दै दावी गरेका छन्। उनले १५३ जनाको समर्थन रहेको दावी गर्दै आफूलाई प्रधानमन्त्रीका अगाडि सारेका छन्।

उता विपक्षीहरुले पनि आफूहरुसँग बहुमत रहेको भन्दै सरकार बनाउने दावी गरेका छन्। विपक्षीहरुले काँग्रेसको ६१, माओवादीको ४९, एमाले माधव समूहको २७ र जसपा उपेन्द्र समूहको १२ जना सांसदसहित १४९ जनाको समर्थन रहेको दावी गरेका छन्।

तर, यो प्रक्रियामा दुबैतर्फ ३९ जना सांसदहरुको समर्थन देखिएपछि अब राष्ट्रपतिले के गर्छिन् भन्ने चासो बढेको छ। जसपाका १२ र एमालेका २७ जनाको स्ताक्षर दुबैतर्फ देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *