नयाँ सरकारः ओली र देउवा दुबैको दावी

डिसी नेपाल
७ जेठ २०७८ १६:५३
472
Shares

काठमाडौं। नयाँ सरकार बनाउनका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धन दुबैले सरकार बनाउन दावी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएकी थिइन्। समय सीमामै रहेर सरकारका लागि दावी पेश गरिएको हो।

प्रधानमन्त्री ओलीले एमाले र जसपाको समर्थनमा १५३ जना सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका छन्। उता देउवाले काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको समर्थन्मा दावी गरेका छन्।

३९ जना सांसदहरुको हस्ताक्षर दुबैतर्फ प्रयोग भएकाले अब राष्ट्रपति भण्डारीले के निर्णय लिन्छिन् त्यो भने चासोको विषय बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *