एमालेका राईले राष्ट्रपतिलाई निवेदन लेखेर भनेः देउवालाई मेरो समर्थन छैन
काठमाडौं। नेकपा एमालेका सांसद जयकुमार राईले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो समर्थन नरहेको जनाएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निवेदन लेखेरै देउवालाई समर्थन नरहेको बताएका हुन्।
नयाँ सरकार गठनका लागि एमालेका २७ जनाको हस्ताक्षर देउवाको समर्थनमा बुझाइएको थियो। तर, राईले आफ्नो समर्थन नरहेको निवेदन लेखेपछि देउवाको समर्थनमा अब एमालेका सांसदहरुको संख्या घट्ने देखिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment