मध्यराति राष्ट्रपतिको निर्णयः प्रधानमन्त्रीका लागि गरिएका दुबै दावी खारेज
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुबैले नयाँ सरकार गठनका लागि गरेको दावी खारेज गरेकी छन्। राष्ट्रपतिले दुबै दावी कमजोर रहेको भन्दै खारेज गरेकी हुन्।
शुक्रबार राति साढे ११ बजे राष्ट्रपतिले सरकार गठनबारे यो निर्णय लिएकी हुन्। राष्ट्रपतिले दुबै दावीकर्तामा दोहोरो सांसदले समर्थन जनाएको तथा एमाले र जसपाले सांसदहरुको हस्ताक्षरलाई मान्यता नदिनु भनेकाले दावी नपुग्ने निर्णय गरेकी हुन्।
राष्ट्रपतिको यो निर्णयसँगै देशमा झन राजनीतिक गतिरोध बढ्ने देखिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment