राष्ट्रपतिले संविधान च्यात्नुभयाे : शेखर काेइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ कोइरालले यस्तो बताएका हुन्। ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो’, उनले भनेका छन्।
‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दै,’ नेता कोइरालाले भनेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन्। शुक्रवार मध्यराति प्रतिनिधि सभा विघटन भएसँग निर्वाचनको मिति पनि तोकिएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको विपक्षी दलहरुले चर्को विरोध शुरु गरेका हुन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment