देशघाती जोडीको निर्लज्ज कामको सम्पूर्ण शक्ति मिलेर प्रतिरोध गरौं – गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलेलाई देशघातीको संज्ञा दिएका छन। नेता थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत अब खुट्टा नकमाई सम्पूर्ण जनतालाई साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति घोषण भएको छ। उनले उक्त कदमलाई राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज काम भन्दै सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न सबैलाई आह्वान गरेका हुन।
उनले लेखेका छन ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद् ! विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरि विघटन! कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए !’
उनले अगाडि लेखेका छन्, ’सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’
सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।
त्यसपछि राति मध्यरातमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर मध्यरातमै संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा आम निर्वाचनको मिति घोषणा गरेका छन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment